राहुलले छोडेको ठाउँमा चुनाव लड्दै प्रियंका – Kanika Khabar
Thursday, July 18Nepali News Portal

राहुलले छोडेको ठाउँमा चुनाव लड्दै प्रियंका

    मा प्रकाशित

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी नेत्री प्रियंका गान्धी लोकसभाका निम्ति पहिलोपटक चुनाव लड्ने भएकी छन् । उनका भाइ राहुल गान्धीले छोडेको वायनाड क्षेत्रबाट उनी चुनाव लड्ने भएकी हुन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुल केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेली सिटबाट विजयी भएका थिए । उनले वायनाडको क्षेत्र छोडेका छन् । उक्त क्षेत्रबाट प्रियंका चुनाव लड्न लागेकी हुन् ।

कांग्रेस नेता मल्लिकार्जुन खड्गेले सोमबार यससम्बन्धी जानकारी दिएका हुन् । प्रियंकाले आफूले वायनाडमा राहुलको अभाव हुन नदिने बताएकी छन् ।

भाजपाका नेताहरूले भने कांग्रेसले वंशजको राजनीति गरेको फेरि पुष्टि भएको भन्दै आलोचना गरेका छन् । बीबीसी हिन्दीबाट ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्