राप्तीकाे माैरीघाटमा बेकरी सम्बन्धी सीप विकास तालिम सुरू – Kanika Khabar
Friday, February 14Nepali News Portal

राप्तीकाे माैरीघाटमा बेकरी सम्बन्धी सीप विकास तालिम सुरू

    मा प्रकाशित

तुल बहादुर कवँर मगर
देउखुरी ७ असार ।
दाङको राप्ती गाउँपालिका वडा नं.४ माैरीघाटमा १० दिने बेकरी सम्बन्धी सीप विकास तालिम सुरु भएको छ।

“सीप सिकौ आत्म निर्भर बनौ ” भन्ने मूल नाराका साथ गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत साे तालिम शुरु भएको हाे।

राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सीप सिकेर उद्यमी बन्नुपर्नेमा बताए ।

तालिमबाट सीप सिकेर त्यसलाई पूर्ण रूपले व्यवहारमा उतार्नुपर्ने बताउँदै अध्यक्ष विष्टले उद्यमको क्षेत्रमा लागेर व्यवसायिक बन्नुपर्ने बताए ।

त्यस्तै वडा अध्यक्ष बिर बहादुर चाैधरीले सीपले मानिसलाई आत्मानिर्भर बनाउने बताउदै तालिमले आयआर्जनमा सहयोग पुग्ने बताए ।

१५ जना सहभागी रहेको तालिमकाे प्रशिक्षक कृष्ण बिक रहनु भएको छ।

गाउँपालिकाले विपन्न युवा र महिलाहरुलाई स्वराेजगार बनाउने उदेश्यले अन्य विभिन्न तालिमहरू समेत सञ्चालन गर्दै आइरहेको गाउँपालिकाले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्