विज्ञान शिक्षकहरुका लागि एकदिने कार्यशाला सम्पन्न – Kanika Khabar
Thursday, December 12Nepali News Portal

विज्ञान शिक्षकहरुका लागि एकदिने कार्यशाला सम्पन्न

    मा प्रकाशित

दाङ । विज्ञान शिक्षक समाज नेपाल (स्टान) घोराही नगरकमिटिको आयोजनामा शुक्रबार घोराहीको होटल पौवामा विज्ञान शिक्षकहरुका लागि प्रयोग र परियोजनामा आधारित एकदिने कार्यशाला सम्पन्न भएको छ।
स्टान घोराही नगरका अध्यक्ष प्रकाश गौतमको अध्यक्षता तथा स्टान केन्द्रीय वरिष्ठ उपाध्यक्ष विकास गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यशालामा सरकारी र संस्थागत विद्यालयका गरि कुल ४८ जनाको सहभागिता रहेको थियोे ।

स्टान घोराहीका उपाध्यक्ष बब्लु शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिहरु शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरी ,प्याब्सन पूर्व केन्द्रीय सदस्य जीवनकुमार आचार्य लगायतले बोल्नु भएको थियो।

कक्षा ८,९ र १० को विज्ञान विषयसँग सम्बन्धित ९ वटा प्रयोगलाई ९ वटै समूहमा सहभागीहरुलाई छुट्टयाइएर एकैचोटि प्रयोग गर्नुका साथै प्रस्तुतीकरण समेट गरिएको थियो।उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय निकाय तथा शिक्षा महाशाखाको दायित्वलाई केही हदसम्म भए पनि स्टानले सहयोग गरेकाले आगामी दिनहरुमा यस्ता कार्यक्रममाआफुहरुले सक्दो सहयोग गर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन स्टान घोराहीका सचिव विष्णु हमाल र सहजीकरण पाठ्यक्रमविद् तथा लेखक डा. चिन्तामणी पन्थीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्