राेहित, दीपेन्द्र र सन्दिप ग्लोबल टी-२० लिग खेल्ने – Kanika Khabar
Thursday, June 12Nepali News Portal

राेहित, दीपेन्द्र र सन्दिप ग्लोबल टी-२० लिग खेल्ने

    मा प्रकाशित

काठमाडौं, ८ असार ।

नेपाली क्रिकेटर रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

उनीहरू आगामी जुलाईमा क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो ।

सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् ।

सन्दीप र दीपेन्द्र यसअघि नै ग्लोबल टी-२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लागेका हुन् ।

सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी २४ लाखमा भ्यानकुभर नाइट्सले लिएका छन् भने रोहित पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्