भक्तपुरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

भक्तपुरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

    मा प्रकाशित

भक्तपुर, ८ असार ।
भक्तपुरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भक्तपुरमा सुमो गाडीले ठक्कर दिँदा बागलुङ गल्कोट नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मनबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

घर्तीलाई शुक्रबार राती सवा ९ बजे भक्तपुर नगरपालिका वडा नम्बर १ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राती नै भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्