अस्ट्रेलिया भारतसँग २४ रनले पराजित – Kanika Khabar
Friday, May 16Nepali News Portal

अस्ट्रेलिया भारतसँग २४ रनले पराजित

    मा प्रकाशित

आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलिया भारतसँग २४ रनले पराजित भएकाे छ ।

सोमबार भएको खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गरेको हो ।

२ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो ।

जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

जितसँगै भारत सेमिफाइनल प्रवेश गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्