एसइई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने – Kanika Khabar
Thursday, July 18Nepali News Portal

एसइई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने

    मा प्रकाशित

दाङ, १६ असार ।
कक्षा १० को अन्तिम परीक्षा एसइई मा नन् ग्रेडेड सबै विद्यार्थीलाई सहभागी गराउने प्रक्रिया सुरु गरेको शिक्षा मन्त्रालयले पुरक परीक्षा साउन २३ गतेबाट गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आईबतार बसेको बैठकले पुरक परीक्षाको मिति तय गरेको हो ।

उक्त निर्णय अनुसार प्रश्नपत्र तयारी, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको काम बोर्डले र अन्य आवश्यकीय काम प्रदेशले गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले बताए । अहिले ग्रेड प्राप्त गरेका र पुरक परीक्षामा सहभागी भएर ग्रेड प्राप्त गर्ने विद्यार्थीको पढाइमा अन्तर नहोस् भन्ने बारेमा मन्त्रालय गम्भीर रहेको बताउँदै उनले पुरकको नतिजा असोजको पहिलो साता भित्र सार्वजनिक गर्ने बताए ।

यस अघि दुई विषयमा नन ग्रेडेड विद्यार्थीका लागि मात्रै पुरक परीक्षा दिने निर्देशिकाको व्यवस्था परिवर्तन गर्न मन्त्री सुमना श्रेष्ठले शुक्रबार प्रकृया शुरु गर्ने निर्णय गरेकी थिइन् । बिहीबार प्रकाशित एसइईको नतिजा अनुसार दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

यस अघिको व्यवस्था अनुसार साउनको १८ र १९ गतेका लागि पुरक परीक्षाको मिति तय गरिएको थियो । नतिजामा धेरै विद्यार्थी नन ग्रेडेड भएपछि सुरु भएको आलोचनाका बिच मन्त्री श्रेष्ठले निर्देशिका परिवर्तनको प्रक्रिया सुरु गरेकी थिईन् । मन्त्रीको उक्त निर्णयको शिक्षाविद्हरुले आलोचना गरेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्