राप्ती इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको लागि आवेदन फाराम वितरण – Kanika Khabar
Thursday, July 18Nepali News Portal

राप्ती इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको लागि आवेदन फाराम वितरण

    मा प्रकाशित

दाङ। ङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानी अम्बापुर सर्रास्थित राप्ती इञ्जिनियपरिङ कलेजले शैक्षिक सत्र २०८१ /०८२ को लागि तीन वर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र १८ महिने सिभिल, इलेक्टिकल र बेसिक सर्भे (अमिन) इञ्जिनियरिङ कार्यक्रमको लागि आवेदन फाराम वितरण गरेको छ । कलेजले एक सुचना जारी गदै योग्यता पुगेका विद्यार्थीहरुबाट २०८१ साउन १३ गते आइतबारसम्म आवेदन दिन सक्ने कलेजले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सानोठिमी भक्तपुरले एक सुचना प्रकाशित गरी सम्बन्धन प्राप्त कलेजहरुलाई प्रवेश परीक्षाको लागि जानकारी गराइसकेको छ । कलेजले डिप्लोमा इन कम्प्युटर इञ्जिनियङिको प्रवेश परीक्षा सञ्चालन २०८१ साउन १९ गते शनिबार बिहान ७ः००बजे देखि र प्रि डिप्लोमा तहको प्रवेश परीक्षा २०८१ साउन १९ गते शनिबार बिहान १ः००बजे देखि सञ्चालन हुने कलेजमा हुनेछ । देशकै उत्कृष्ट नतिजा ल्याउन सफल लुम्बिनी प्रदेशको नमुना प्राविधिक कलेजको रुपमा विकसित भइरहेको यस कलेजमा पढने विद्यार्थीहरुको भविष्य सुन्दर हुने भएकोले विद्यार्थीहरुको रोजाइमा यो कलेज पर्दछ ।

अहिले यस कलेजबाट उर्तीण भएका अधिकांश विद्यार्थी रोजगारीमा रहेको कुरा कलेजको शैक्षिक बुलेटिनबाट पनि थाहा पाउन सकिन्छ । भर्खर मात्रै डिप्लोमा इन इञ्जिनियरिङ छैठौ समेष्टरको रिजल्टमा उत्कृष्ट रिजल्ट प्राप्त गर्न सफल भएको कुरा डिप्लोमा कम्प्युटर इञ्जिनियङिकी विभागीय प्रमुख ई शर्मिला दहितले बताइन ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्ध प्राप्त यस कलेजले २०६५ सालदेखि डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, र २०७१ सालदेखि १८ महिनेसिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रम सञ्चालन गदै आइ रहेकोछ ।

लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका, कलेज विद्यालय लगायत हरेका क्षेत्रमा यस कलेजबाट उत्पादित भएका विद्यार्थीहरु रोजगारीमा रहेकाछन । यस कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको सुचना अधिकारी करिना खडकाले बताइन् ।

कलेज गत वर्षको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्ड २०२२ बाट पुरुस्कृत भएको छ । संयुक्त राज्य अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी व्याचलर तहका इञ्जिनियरिङ कार्यक्रमहरुमा विई सिभिल, कम्प्युटर र विसिए सञ्चालन गदै आइरहेकोमा शैक्षिक सत्र २०८१ /०८२ बाट व्यवस्थापन संकायको बिबिए कार्यक्रम सञ्चालन गर्ने कलेजका प्रिन्सिपल रेशम गिरीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्