काठमाडौँ, १८ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
कांग्रेससँग गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।
ओले प्रधानमन्त्री प्रचण्डलाई काङ्ग्रेससँग भएको सहमतिको जानकारी गराउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नका लागि बालुवाटार पुगेको एमाले स्रोतले बताएको छ ।
काङ्ग्रेससँगको सहमतिअनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ।
एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संविधानअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ। तर, बहुमत सांसद विपक्षमा भएपछि उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ।