मा प्रकाशित
काठमाडौं । नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएसँगै काङ्ग्रेसले विपक्षी दलहरूकाे बैठक डाकेको छ ।
काङ्ग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक आह्वान गरेकाे हाे ।
काङ्गेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दल सहभागी हुने भएका छन् ।
बैठक आज बेलुका देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।