ज्योतिपुञ्ज र ज्योतिपुञ्ज मोडेल स्कूलका विद्यार्थीले रोपे दुई दुईवटा विरुवा  – Kanika Khabar
Thursday, July 18Nepali News Portal

ज्योतिपुञ्ज र ज्योतिपुञ्ज मोडेल स्कूलका विद्यार्थीले रोपे दुई दुईवटा विरुवा 

    मा प्रकाशित
दाङ, असार १८ ।
डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रम अनुसार यस वर्ष पनि विद्यालयले एक जना विद्यार्थीलाई कम्तिमा दुर्इवटा बिरुवा प्रदान गरेको छ ।
डिभिजन वन कार्यालय दाङको “एक घर दुई वृक्ष, सहर हाम्रो बनाउ स्वच्छ” कार्यक्रम र विद्यालयको “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा”  भन्ने कार्यक्रम अनुसार आज मंगलबार दुवै विद्यालयमा अध्ययनरत एक हजार आठ सय बढी विद्यार्थीहरुलाई दुई वटाका दरले करिव हजार विरुवा वितरण गरिएको हो । बितरण गरिएका विरुवा विद्यार्थीहरुले आफ्नो घर वरपर रोपेका छन । बृक्षारोपणका लागि बजार क्षेत्रका विद्यार्थीलाई सौन्दर्यवद्र्धक बिरुवा र गाउँमा फराकिलो धेरै जग्गा हुनेहरुका लागि जडिबुटीजन्य र वनजन्य बिरुवा दिइएको थियो । विद्यालयबाट प्राप्त बिरुवा विद्यार्थीहरुले अभिभाकको सहयोगमा रोपेका छन । रोपिएका बिरुवा संरक्षण गर्ने काममा पनि विद्यार्थीहरुले निकै चासोका साथ लागेको अभिभावकले बताएका छन ।
  कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, अर्जुन, पारिजात, गुलमोहर, अमला,कपुर, दालचिनी, टिमुर,कल्की,राजवृक्ष, छतिवन लगायतका प्रजातिका करिव चार हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिरुवा लगाउने ठाउँ,  क्षेत्रफल र विद्यार्थीहरुको चाहना अनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाले जानकारी दिनुभयो ।

विद्यार्थीहरुमा जल,जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगी अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम सुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । विद्यालयको “समाज र विद्यालय सँगसँगै” कार्यक्रम  अन्तर्गत यस वर्ष “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने मूल नाराका साथ विद्यार्थीहरुको प्रयोगात्मक परीक्षामा अंक उपलव्ध गराउने योजना सहित तीन वर्षदेखि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले बताउनुभयो ।
रोपिएका बिरुवा संरक्षणका लागि विद्यालयले सवै विद्यार्थीका अभिभावकलाई पत्राचार गरी  छोरा÷छोरीले विरुवा रोप्नका लागि २ वटा खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोष्ट मल राम्रोसँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा विरुवाको जरालाई छोपेको माटो नझर्ने गरी पलाष्टिक÷छवाली सावधानीपूर्वक हटाएर सिधा पर्नेगरी रोप्न, रोपिएको विरुवाको जरालाई पहिले माटोले छोपेको भागभन्दा माथि माटो भर्नु हुँदैन भनेर सिकाउन, माटो भरिसकेपछि विरुवाको जराको भागमा पानी जम्ने खालको खाली ठाउँ हुनुहँुदैन भनी सिकाउन र रोपिएको बिरुवालाई पानी राख्न लगाई  हरेक दिन बेलुका पानी नपरेको दिन पानी सिंचाई गरी संरक्षण गर्नका लागि पत्राचार गरिएको र अभिभावको सकारात्मक सहयोगबाटै बृक्षारोपणको काम सुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।
विद्यालय नयाँ ब्यवस्थापनका साथ सञ्चालनको सुरुको वर्षदेखि नै वृक्षारोपण कार्य थालिए पनि बिगत तीन वर्षदेखि वर्षहरुदेखि विद्यार्थीहरु मार्फत उनीहरुकै संरक्षणमा रहने गरी वृक्षारोपण गरिएको र उक्त कार्यक्रम प्रभावकारी भएको विद्यालयले जनाएको छ ।  डिभिजन वन कार्यालयको सहयोगमा उक्त कार्यक्रम गर्दै आएको र त्यसलाई थप ब्यवस्थित गर्नका लागि तीन वर्षदेखि अभिभावककै प्रत्यक्ष निगरानीमा संरक्षण हुने गरी वृक्षारोपण कार्यक्रम गरिएकोमा त्यसको अनुगमन गर्दा  प्रभावकारी देखिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल अधिकारीको भनाई छ ।
विद्यार्थीहरुलाई वातावरण संरक्षण सचेतीकरणका लागि विद्यालयको योजनामा उल्लेखित “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा”  भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण डिभिजन वन कार्यालय दाङको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गत वर्षदेखि नै सहयोग गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्