भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३४ हजार आठ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १० लाख ३९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ६ सय ७१ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार दुइ सय ७३ पुगेको छ । त्यस्तै सङक्रमण पुष्टि भएकामध्ये ६ लाख ५३ हजारभन्दा बढी निको भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा आठ हजार तीन सय आठ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । त्यस्तै तमलिनाडुमा चार हजार पाँच सय ३८, कर्नाटकमा तीन हजार ६ सय ९३, आन्ध्र प्रदेशमा दुइ हजार ६ सय दुइ र दिल्लीमा एक हजार चार सय ६२ जनामा कोरोना देखिएको छ । गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस सङक्रमणबाट विश्वभर एक करोड ४२ लाखभन्दा बढी सङक्रमित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्