क्वालिटी सर्कल अफ राप्ती इन्जिनियरिङ नयाँ कार्य समिति गठन – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

क्वालिटी सर्कल अफ राप्ती इन्जिनियरिङ नयाँ कार्य समिति गठन

    मा प्रकाशित

घोराही । राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको भेलाले क्वालिटी सर्कल अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्य समिति गठन गरिएको छ । भेलाले क्लवको अध्यक्षमा विवेक सुनारलाई चयन गरेको छ । जसको उपाध्यक्षमा प्रतिभा गौतम सचिवमा दिपेश मल्ल सह सचिव गीता केसी, कोषाध्यक्ष श्रीराम चौधरी सदस्यहरुमा मोहन भण्डारी, हेमन्त बस्नेत, बिजय विष्ट,सुकदेव चौधरी, रेनु चौधरी,जोतेन्द्र यादव ,सञ्जय चौधरी रोनिशा खड्का ,नवीन भण्डारी, सन्तोष गिरी, प्रजिता गिरी ,ज्योति शर्मा, रमेश शर्मा, नगेन्द्र महतरा, भीमार्जुन पौडेल, मोहन उपाध्याय बेविका लम्साल, सुशान्त पाण्डे्, कमल केसी, दिलिप पौडयाल र शेखर थारु रहेका छन ।

भेलाले क्लबको सचिवाल समेत गठन गरेको छ र सचिवालयमा विवेक सुनार, प्रतिभा गौतम, दिपेश मल्ल, गीता केसी , श्रीराम चौधरी, सुशान्त पाण्डे , सुकदेव चौधरी, विजय विष्ट, नगेन्द्र महतरा, हेमन्त बस्नेत र वेविका लम्साल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरीले क्वालिटी सर्कले गर्नुपर्ने कार्यहरुको बारेमा बताउँदै क्वालिटी सर्कलको माध्यामबाट विद्यार्थीहरुको शैक्षिक अभिवृद्धी गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै कलेज व्यवस्गापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले क्वालिटी सर्कलको मुख्य उद्देश्य भनेको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र विद्यार्थीको कार्यक्षमता बढाउने र विद्यार्थीहरु समुह समुह बनाएर शैक्षिक क्रियाकलापहरुलाई अगाडि बढाउने रहेको बताए ।
मधुसुदन बैधको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्रशासकीय प्रमुख धनेश्वर चौधरीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्