खिमको ‘लोरी’ लोकार्पणका अवसरमा नायक जीवन लुइँटेल दाङ आउँदै – Kanika Khabar
Thursday, February 13Nepali News Portal

खिमको ‘लोरी’ लोकार्पणका अवसरमा नायक जीवन लुइँटेल दाङ आउँदै

    मा प्रकाशित

दाङ, २१ असार ।
नेपाली सिनेमा जगतका नायक जीवन लुइँटेल दाङ आउन थालेका छन् । गजलकार खिम केसीको गजल सङ्ग्रह ‘लोरी’ को लोकार्पणको अवसरमा नायक लुइँटेल दाङ आउन थालेका हुन् ।

यही असार २४ गते दाङको घोराहीस्थित होटल माला इनमा हुने लोकार्पण कार्यक्रमका लागि नायक तथा कवि लुइँटेल पनि दाङ आउन थालेको आयोजक संस्था राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले जानकारी दिएका छन् ।

बिगत ६ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका स्रष्टा केसी कृति लोकार्पणका लागि स्वदेश आएका छन् । दङाली स्रष्टा केसीको पहिलो कृति गजल सङ्ग्रह ‘लोरी’ मा एक सयवटा गजल सङ्ग्रहित रहेका छन् ।

साथै कार्यक्रममा गजलकार प्रदीप रोदन, सङ्गीतकार सन्तोष श्रेष्ठ,  कवि हेमन्त शिशिर, स्रष्टा लेनिन बञ्जाडे, गजलकार कपिल अन्जान तथा कवि नवीन अभिलाषी समेतको सहभागिता रहने अध्यक्ष उदासीले जानकारी दिएका छन् । यही असार २४ गते दिउँसो ३ बजे हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक संस्था परिषद्ले सबैमा अपील गरेको छ । साथै कार्यक्रमको व्यवस्थापन गजल अभियान दाङ र ग्रुप ५५ ले गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्