लायन्स क्लब अफ दाङ नारायणपुरमा पद हस्तान्तरण तथा सपथ – Kanika Khabar
Thursday, July 18Nepali News Portal

लायन्स क्लब अफ दाङ नारायणपुरमा पद हस्तान्तरण तथा सपथ

    मा प्रकाशित

दाङ, २१ असार ।
लायन्स क्लब अफ नारायणपुर दाङकाे पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएकाे छ ।आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी नव निर्वाचित लायन्स पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएकाे हाे ।

क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष अनिल कुमार बस्नेत र वर्ष २०२४/२०२५ का अध्यक्ष अभियान बस्नेतकाे संयुक्त अध्यक्षता तथा डिस्ट्रिक ३२५ एन का गभर्नर पिएमजेएफ लायन बिनाेद कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वर्ष २०२४/२०२५ मा डिस्ट्रिक ३२५ एन ले गर्ने कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । `लायन्स क्लब सामाजिक अभियानकाे सबैभन्दा ठुलाे प्लेट फर्म हाे । सामाजिक अभियन्ताका रूपमा जाेडिने सबैभन्दा र उत्कृष्ट प्लेट फर्म रहेकाे छ ।´ प्रमुख अतिथि श्रेष्ठले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछाने, डिस्ट्रिक ३२५ एनका प्रथम भिडिजी एमजेएफ लायन ज्ञानेन्द्र कुमार श्रेष्ठ, क्याबिनेट सेक्रेटरी टीकाजंग बि .के., क्याबिनेट काेषाध्यक्ष धनेश्वर आचार्य,जाेन चियर पर्सन पवन याेगी, डिस्ट्रिक कार्यकारी प्रमुख लायन केशव थापा , घाेराही सिटीका अध्यक्ष लायन ओविन्द्र महरा, मावि नारायणपुरका प्रअ  लायन उत्तम खनाल लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय झण्डाकाे अभिवादन लायन डाइरेक्टर बसन्त न्याैपानेले वाचन गरेका थिए

नव निर्वाचित पदाधिकारीलाई डिस्ट्रिक गभर्नर श्रेष्ठले सपथ गराएका थिए ।

कार्यक्रममा वर्ष २०२४/२०२५ का अध्यक्ष अभियान बस्नेतलाई पद हस्तान्तरण वर्ष २०२३/२०२४ का अध्यक्ष अनिल कुमार बस्नेतले गराएका थिए ।

क्लबका प्रथम उपाध्यक्ष युवराज पाेख्रेलकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव कुलप्रसाद रजाैरे (श्रवण) गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्