सामाजिक कार्य गर्ने लायन्स क्लवहरुको निर्णय – Kanika Khabar
Friday, January 17Nepali News Portal

सामाजिक कार्य गर्ने लायन्स क्लवहरुको निर्णय

    मा प्रकाशित

कनिका खबर
घोराही, ३ साउन ।
घोराहीमा रहेका लायन्स क्लवले विभिन्न सामाजिक काम गर्ने भएका छन् । लायन्स क्लव ३२५ विटु अन्तरगत एरिया ५ मा आवद्ध तीन वटा क्लवको संयुक्त बैठकले सामाजिक कार्यहरुलाई निरन्तरता दिने निर्णय गरेको हो ।

लायन्स क्लवका जोन चियर प्रसन लायन टिकाजंग विकेको अध्यक्षतामा बसेको बैठकमा लायन्सको मूल्य मान्यता अन्तरगत रहेर विभिन्न सामाजिक कार्यहरु अघि बढाउने निर्णय गरेको थियो । बैठकले वर्षातको समयमा सवै क्लवले वृक्षारोपण गर्ने, विपत्तको समयमा राहत वितरण गर्ने, नियमित रुपमा रक्तदान गर्ने, सडक बालवालिकाहरुलाई सहयोग गर्ने, गरिव असहायहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै युवाहरुलाई लक्षित गरेर विभिन्न सिपमुलक कार्यक्रम आयोजना गर्ने, विभिन्न स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने, स्वास्थ्य शिविर आयोजना गर्ने हरेक क्लवले कुनै एउटा विशेष कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा लायन्स क्लव घोराही सिटीका अध्यक्ष विमल श्रेष्ठ, लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष भिमसेन गिरी, लायन्स क्लव राप्ती अम्विकेश्वरीका अध्यक्ष विवेक हमालले यस बर्ष गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

लायन्स क्लव रिजन चियर प्रसन लोकेन्द्र बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, जोन चियर प्रशन उमेशचन्द्र मजगैंया, गोपाल लम्साल, एरिया चिफ युवराज थपलिया, एरिया सचिव सरस्वती सुवेदी, एरिया कोषाध्यक्ष यज्ञ केसी, एरिया नं. ५ का मुल्याङ्कन चिफ लव अधिकारी, एमएफजे लायन प्रताप विक्रम शाह, डिष्ट्रिक सिनिएर एडभाइजर विनोदकुमार श्रेष्ठ लगायतले शुभकामना राखेका थिए । कार्यक्रम सञ्चालन सतिस सुवेदीले गरेका थिए ।

नयाँ क्लव गठन

यसैबीच घोराहीमा लायन्सको नयाँ क्लव गठन गरिएको छ । लायन्स क्लव अफ् दाङ राज विद्या नामको नयाँ क्लव गठनको घोषणा गरिएको थियो । नयाँ क्लवका अध्यक्ष टिकाजंग विकेलाई सिनियर डिष्ट्रिक एडभाइजर विनोद कुमार श्रेष्ठले पिन लगाएर स्वागत गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्