फ्रान्सको आम निर्वाचनमा वामपन्थी गठबन्धनको अग्रता – Kanika Khabar
Monday, November 17Nepali News Portal

फ्रान्सको आम निर्वाचनमा वामपन्थी गठबन्धनको अग्रता

    मा प्रकाशित

काठमाडौँ, २४ असार ।
फ्रान्सको आम निर्वाचनमा त्यहाँको अति दक्षिणपन्थी न्याशनल र्‍याली अर्थात् आरएन दलले संसदीय निर्वाचनमा बहुमत ल्याउन असफल भएको प्रक्षेपणहरू भएका छन्।

आधिकारिक मत परिणाममा त्यहाँ वामपन्थीहरूको न्यू पपुलर फ्रन्ट अर्थात् एनएफपी गठबन्धनले अग्रता लिएको देखिएको छ र उक्त गठबन्धन संसद्‌मा सबैभन्दा ठूलो शक्ति बन्ने निश्चित जस्तो छ।

दोस्रोमा राष्ट्रपति एमानुएल माक्रोँको मध्यमार्गी गठबन्धन रहनेछ भने तेस्रो स्थानमा अति दक्षिणपन्थी आरएन देखिएको छ।
आरएनका नेता जोर्डन बार्डेलाले आफ्नो दललाई विजयी हुनबाट वञ्चित गरिएको तथा फ्रान्सलाई अनिश्चितता र अस्थिरताूतर्फ धकेलिएको बताएका छन्। बिबिसीबाट

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्