विराटनगरमा दुई समूहबिच झडप हुँदा एकजनाको मृत्यु – Kanika Khabar
Thursday, July 18Nepali News Portal

विराटनगरमा दुई समूहबिच झडप हुँदा एकजनाको मृत्यु

    मा प्रकाशित

मोरङ, २५ असार ।
मोरङको विराटनगरमा दुई समूहबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । दुई समूहबिच झडपमा धारिलो हतियार प्रयोग गरी एक हत्या गरिएको छ भने अन्य २ जना घाइते भएका छन्।

सोमवार राति करिब १० बजेतिर विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकम नजिक तीनजना युवक गम्भीर अवस्थामा भेटिएका थिए।

घाइते अवस्थामा भेटिएका कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु प्रहरीले जनाएको छ। मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको प्रहरीले बताएको छ ।

त्यस्तै कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्।

घाइते रायको अवस्था भने गम्भीर छ। उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट लागेको छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ। उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे विस्तुत जानकारी अनुसन्धान पछि आउने उनले बताए। प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्