मुकुल ढकाल पदमुक्त – Kanika Khabar
Friday, May 16Nepali News Portal

मुकुल ढकाल पदमुक्त

    मा प्रकाशित

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई अनुशासनकाे उल्लंघन गरेकाेप्रति पार्टीका तीन जिम्मेवारीबाट निकालेकाे छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेकाे केन्द्रीय समितिकाे बैठकले ढकालमाथि कारबाही गर्दै महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताबाट पद मुक्त गरिएकाे कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीमा औपचारिक पेस र छलफल नहुँदै समीक्षा यात्राकाे प्रतिवेदन सञ्चार माध्यमबाट सार्वजनिक गरी पार्टीलाई क्षति पुर्‍याएकाे ठहर गर्दै बहुमत केन्द्रीय सदस्यहरुकाे सहमतिका ढकाललाई कारबाही गरिएकाे हाे।

नेतृ साेविता गाैतमकाअनुसार पार्टीकाे अनुशासन आयाेगले ढकाललाई साधारण सदस्यसमेत नरहेने गरी कारबाही गर्न सिफारिस गरेकाे थियाे। यद्यपि, केन्द्रीय सदस्यहरुकाे छलफलपछि बैठकले साधारण सदस्य रहने गरी पार्टीका अन्य सबै जिम्मेवारीबाट मुक्त गरेकाे छ।

उक्त निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनारावेदन गर्न सकिने गाैतमले बताइन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्