खिम केसीको लोरी लोकार्पण – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

खिम केसीको लोरी लोकार्पण

    मा प्रकाशित

गोविन्द खड्का
घोराही ।साहित्यकार खिम केसीको गजल संग्रह लोरी सोमवार घोराहीमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा टिकाराम उदासीको अध्यक्षता एवं परिषदका केन्द्रिय सल्लाहकार एवं संस्कृति विद डा गोविन्द आचार्यको प्रमुख आतिथ्यमा साहित्यकार केसीका पिता लुकबहादुर केसी माता लुमाकुमारी केसिको उपस्थितिमा लोकार्पण गरीएको थियो ।
गजल सग्रह लोकार्पण कार्यक्रममा अहिले सम्मकै ठुलो भिड जम्मा भएको भन्दै अध्यक्ष डा उदासीले प्रशंसा गर्नुभयो । ‘सबै गजल गाउन सकिने छन्’ उहाँले भन्नुभयो, ‘देश भित्र भोगिरहेका समयका उहापहा पनि छन, प्रदेशका भोगाईपनि छन् ।’ उहाँका अनुसार सिर्जनाले सिद्धान्त बनाउने हो । नयाँ नयाँ सिर्जना गर्दै जाँदा सिद्धान्त बदलिन सक्छ । भक्ति बाट शुरु भएको गजल प्रेम हुँदै अघि बढ्यो । यो संग्रहमा पनि बदलिँदो परिवेषसँगै नयाँ प्रयोग भएको छ ।
यसैगरी प्रमुख अतिथि डा आचार्यले सुन्दर, मिठास र स्विटेवल लोरी नाम राखेको भन्दै खुशि व्यक्त गर्नुभयो । ‘प्रत्यक स्रोतालाई सुहाउने र सुनाउने गजल छन’ उहाँले भन्नुभयो, ‘बहरको प्रयोग छैन, लोक छन्द मै छन् ।’ उहाँका अनुसार गाउनका लागि लेखिएको गजल छन् ।
गजलसंग्रहका समिक्षक कवि कपिल अञ्जानले बुबा आमालाई धन्य बनाउने काम गरेको बताउनुभयो । उहाकाअनुसार कसैले तिम्रो छोराले के काम ग¥यो भनेर सोधेपछि यहि गरेको छ भनेर देखाउने कृति लोरी बनेको छ । लेखक जहाँ पुगेपनि बुवा आमा लोरी सुम्सुम्याएर बस्नुहुने छ ।
लेखक केसिले तत्कालीन कर्णाली अञ्चल र सुदुरपश्चिमाञ्चल प्रदेशमा काम गर्ने क्रमक भोगाईपनि रहेको वताउनुभयो । उहाँले पुस्तक विक्री र आफुले थप गरेर बुवा आमाको नाममा चार लाखको अक्षयकोष राप्ती साहित्य परिषद केन्द्रम स्थापना गर्ने वताउनुभएको छ । उहाँका अनुसार त्यसको व्याजबाट हरेक दुई वर्षमा वाल साहित्य प्रतियोगिता राखिने छ । पाँच जनालाई सम्मान गर्ने । प्रतियोगितमा वाचन गरीएका सिर्जनाहरु समेटेर पुस्तक निकाल्ने छ । घोराही उपमहानगरपालिका भित्रका सामुदायीक विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।
उक्त अबसरमा विश्वकृतिमानी संगितकार सन्तोष श्रेष्ठले गजल गाउनुभएको थियो । वाद्य वादनमा विकास मज्गैयाँ र बासुरीमा कृष्ण गिरीले साथ दिनुभएको थियो । उहाँले गाईरहँदा सिंगै हल रोमाञ्चित भयो । गाउनेक्रममा हलबाट श्वर गाँसी लागेका थिए । हर्ष उल्लास व्यक्त गरेका थिए ।
प्रख्यात गजलकार प्रदिप रोदन, नायक अभिनेता जिवन लुइटेल, साहित्यकार प्रकाश केसी र मनिषा गिरी रितुले गजल गाउनुभएको थियो । कार्यक्रममा स्वागत राप्ती साहित्य परिषदका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमलमणी देवकोटाले र सञ्चालन सचिव आदिम केसिले गर्नुभएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्