१२ वर्षपछि स्पेन युरो कपको फाइनलमा – Kanika Khabar
Friday, February 14Nepali News Portal

१२ वर्षपछि स्पेन युरो कपको फाइनलमा

    मा प्रकाशित

दाङ । फ्रान्सलाई पराजित गर्दै १२ वर्षपछि स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।

सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।

खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भने खेलको २५ औं मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि फ्रान्सलाई रोक्दै स्पेन फाइनल पुगेको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्