रोल्पामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

रोल्पामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    मा प्रकाशित

रोल्पा, २६ असार ।
रोल्पामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टिगढी गाउँपालिका–६ निगालपानीका ३२ वर्षीय महेश थापा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार सावडाँडाबाट डुब्रिङ हुदै होलेरी जोड्ने सडक खण्डमा गुडिरहेको रा १ ख २१३१ नम्बरको मिनि ट्रक स्याला भन्ने स्थानमा उकालोमा मंगलबार राती एक्कासी ब्याक हुँदा दुर्घटना भएको हो ।

ट्रक सडकबाट झन्डै ६५ मिटर तल खसेर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्रकमा सवार रुन्टिगढी–६ स्यालाका गणेश रावतका ८ वर्षीय छोरा सुजन रावत घाइते भएको र उनको प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्