अपडेट : दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान – Kanika Khabar
Thursday, June 19Nepali News Portal

अपडेट : दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान

    मा प्रकाशित
तस्बिरः सशस्त्र प्रहरी बल

चितवन, २८ असार ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।

शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ। जसमा २४ जना यात्रु सवार थिए।

त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताएका छन्।

अहिले प्रमुख जिल्ला अधिकारी यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।

यस्तै काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसका तीन जना यात्रुले हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना यात्रुले बसको क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको खबर प्राप्त भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्