ओलीलाई प्रधानमन्त्री दाबी गर्ने पत्रमा देउवाले गरे हस्ताक्षर – Kanika Khabar
Thursday, May 15Nepali News Portal

ओलीलाई प्रधानमन्त्री दाबी गर्ने पत्रमा देउवाले गरे हस्ताक्षर

    मा प्रकाशित
तस्बिरः सूर्य थापाको फेसबुकबाट।

काठमाडौँ, २८ असार ।
राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एमाले र नेपाली काङ्ग्रेसले दाबी पेस गर्ने भएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेस गर्ने पत्रमा हस्ताक्षर गरेको नेकपा एमालेका सांसद सूर्य थापाले जानकारी दिएका छन् ।

थापाले फेसबुकमा दाबी पेस गर्न तयार पारिएको कागजमा हस्ताक्षर गर्दै गरेको फोटो सार्वजनिक समेत गरेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो ।
कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्छ । दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी पेस गर्नुहुन्छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्