केपी ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी – Kanika Khabar
Monday, April 21Nepali News Portal

केपी ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी

    मा प्रकाशित

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीको दाबी पेस भएको छ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दाबी पेस गरिएको हो।

दाबी पेस गर्न शुक्रबार राति ९ बजे ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुगे। त्यसाे त शीतलनिवासबाट देउवा र ओली बाहिरिएका छन्।

दुवै दलको संसदीय दलको नेताको हैसियतले समर्थन पत्र बुझाएका हुन्। प्रतिनिधसभामा कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थन ओलीलाई प्राप्त भएको छ।

अरु साना दलको समर्थन पेस गरिएको छैन। राप्रपा जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत ओलीलाई समर्थन गर्ने जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि आजै राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्