सिमलताल अपडेट : थप दुईजनाकाे शव फेला – Kanika Khabar
Saturday, July 19Nepali News Portal

सिमलताल अपडेट : थप दुईजनाकाे शव फेला

    मा प्रकाशित

चितवन, २९ असार ।

हिजाे शुक्रबार भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी दुई यात्रुवाहक बस त्रिशूलीमा खसी बेपत्ता भएका थप दुईजनाको शव फेला परेकाे छ ।
आज शनिबार पूर्वी नवलपरासी गैंडाकोट नागरपालिका- ७ तर्फ दुई जना पुरुषको शव भेटिएको हाे ।

नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो ।

शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हुन् या होइनन् टुंगो भने भइसकेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्