काङ्ग्रेस र एमालेबिच मिल्याे भागबण्डा, कसलाई कुन मन्त्रालय? – Kanika Khabar
Sunday, July 20Nepali News Portal

काङ्ग्रेस र एमालेबिच मिल्याे भागबण्डा, कसलाई कुन मन्त्रालय?

    मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएकाे छ। जसअनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेकाे छ।

नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, कृषि र वन मन्त्रालय पाउने भएको छ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै निर्णय भएको छ। अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्