रसुवा जिल्ला कोरोनामुक्त – Kanika Khabar
Thursday, September 16Nepali News Portal

रसुवा जिल्ला कोरोनामुक्त

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
कोभिड १९ बाट सङ्क्रमित भएकाहरु निको हुने क्रम बढ्दै जान थालेको छ । पछिल्लो अद्यावधिक अनुसार रसुवा जिल्ला कोरोनामुक्त भएको छ ।
एक महिनाको अवधिमा रसुवामा ११ जना कोरोना सङ्क्रमित फेला परेकोमा सबैले कोरोनालाई जितेर घर फर्केका छन् । हिमाली जिल्ला रसुवाका ११ जना कोरोना सङ्क्रमित निको भएसँगै रसुवा कोरोना मुक्त भएको हो । गत साता रसुवामा १० जना सङ्क्रमित निको भइसकेका थिए । थप एक जनामा कोरोना पुष्टि भएको थियो । ती सङ्क्रमितको पनि दोश्रो पटक परीक्षण गर्दा कोरोना रिर्पोट नेगटिभ आएपछि डिस्चार्ज गरिएको रसुवा स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनी कुवेतबाट आएका हुन् । गत असार १३ गते रसुवामा पहिलो पटक आठ महिलासहित ९ जना कोरोना सङ्क्रमित फेला परेका थिए । रसुवामा हालसम्म कोरोना पुष्टि भएका ११ जना नै विदेशबाट आएका व्यक्ति हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्