काठमाडौं, २ साउन
छिन्नलता गीत पुरस्कार गुठीले विक्रम सम्वत् २०८० को लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिर : झट्ट हेर्दा हजुर जिन्दगी दामी छ ) गीतलाई प्रदान गरिएकाे छ ।
छिन्नलता गीत पुरस्कार गुठीकाे आयाेजनामा आयाेजित एक समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् ।
त्यस्तै छिन्नलता गीत पुरस्कार गुठीले विक्रम सम्वत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गरिएको छ ।
यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गरिएको छ । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सिर्जनालाई प्रदान गर्ने गरिएको छ ।
२०७९ सालदेखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ ।
छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार प्रदान गरिएको हाे ।
ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आज हरिशयनी एकादशीका दिन पारेर पुरस्कार प्रदान गरिएकाे आयाेजक संस्थाले जनाएको छ ।