सवारी दुर्घटनामा परी दाङमा एक वर्षमा ९८ जनाको मृत्यु – Kanika Khabar
Thursday, May 15Nepali News Portal

सवारी दुर्घटनामा परी दाङमा एक वर्षमा ९८ जनाको मृत्यु

    मा प्रकाशित

दाङ, ३ साउन ।
दाङमा वर्षेनी सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा गत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भएका दुई सय तीन सवारी दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ पुरुष, १४ जना महिला र ६ जना बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा भएका एक सय ४८ सवारी दुर्घटनामा ५५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३७ पुरुष, सात महिला र ११ जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक शाहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को असारमा छ जना, जेठमा छ जना, वैशाखमा दश जना, चैतमा दश, फागुनमा बाह्र जना, माघमा आठ जना, पुसमा अठार जना, मंसिरमा नौ जना, कार्तिकमा सात जना, असोजमा चार जना, भदौमा तीन जना र साउनमा ५ जनाको मृत्यु भएको छ । यस अवधिमा दुई सय ३८ जना गम्भीर र एक सय १४ जना सामान्य घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाका विभिन्न ठाउँमा सचेतनासँगै लापरवाही गर्नेलाई चालकलाई कारवाही गर्दागर्दै पनि कमजोर गाडी तथा सडकको अवस्था, चालकको लापरवाही, तिव्र गति,लाइनसेन्स प्राप्त नगर्दै चलाउनेलगायतका कारणले धेरै जसो दुर्घटना भइरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

तर सिमित श्रोत र साधनकाबिच पनि ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणमा लागेको भन्दै उहाँले भन्नुभयो, ‘जिल्लामा सवारीसाधनको अवस्था बढ्दो मात्रामा रहेको तर सिमित जनशक्तिबाट काम गर्नुपर्ने बाध्यताले पनि समस्या भएको छ ।’ जिल्लामा सवारी दुर्घटना हुनेमा सवैभन्दा धेरै दुईपाङ्ग्रे सवारीसाधनहरु रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार एक वर्षको अवधिमा दुर्घटनामा परेका दुई सय ७९ वटा सवारीसाधनमध्ये सवैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधन एक सय ७२ वटा रहेका छन् । दुई पाङ्गे सवारीसाधनमा मोटरसाइकल, स्कुटर र साइकल पर्ने गर्दछन् । त्यसैगरी बस २१ वटा, जीप/कार २० वटा, अटो १८ वटा, ट्याक्टर १२ वटा, ट्रक ट्यांकर आठ वटा, ट्रिपर सात वटा, माइक्रो बस दुई वटा र अन्य १८ वटा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्