यमुना स्मृति कप इन्टर स्कुल फुटसल प्रतियोगिता हुने – Kanika Khabar
Saturday, July 12Nepali News Portal

यमुना स्मृति कप इन्टर स्कुल फुटसल प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
साउन ३ दाङ ।
यमुना स्मृति कप अन्डर १० क्लास इन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसीपुर ६ मा सञ्चालन हुने प्रतियोगिता यही साउन ११ गतेदेखि सुरु हुनेछ ।
२०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डाँगीको स्मृतिमा सञ्चालन गरिन लागिएको प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत विद्यालयका गरी २० बढी टिमको सहभागिता रहनेछ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता टिमले क्रमशः नगद ४० र २० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ्न् । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेस्ट प्लेयर खेलाडी लाई नगद २५ सय,ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने हाई स्कोरर, बेस्ट किप्पर,र राइजिङ प्लेयरलाई क्रमशः जनही १५/१५ सय, ट्रफी, प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज डाँगीले जानकारी दिनुभएको छ ।
यसैबिच आयोजकले प्रतियोगिताको तयारी स्वरुप टिम दर्ता, प्रचार प्रसार,लगायतको कार्यलाई तीव्र पारेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्