लुम्बिनीकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्यकाे दाबी पेस – Kanika Khabar
Saturday, March 15Nepali News Portal

लुम्बिनीकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्यकाे दाबी पेस

    मा प्रकाशित

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

आचार्यले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

यसअघि दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि महासचिव शंकर पोखरेलले गिरीलाई राेकेर आफूनिकट आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेका हुन्।

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्