मा प्रकाशित
काठमाडौँ, ७ साउन ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आज सोमबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा सिफारिस समितिको बैठकले जोशीलाई एआइजीमा सिफारिस गरेको हो ।
एआइजी उमेशराज जोशी अवकाश भएपछि रिक्त पदमा जोशी सिफारिस भएका हुन् ।