यमुना स्मृति कप इन्टर स्कुल फुटसल प्रतियोगिता सुरु – Kanika Khabar
Thursday, December 12Nepali News Portal

यमुना स्मृति कप इन्टर स्कुल फुटसल प्रतियोगिता सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
साउन ११ दाङ ।
यमुना स्मृति कप इन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ आजदेखि सुरु भएको छ । समस्त यमुना परिवार तुलसपिुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसीपुर ६ मा सञ्चालित प्रतियोगिताको दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठले उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा गोरखा मावि तुलसीपुर, तुलसी बोर्डिङ स्कुल तुलसीपुर, मावि तुलसीपुर सेन्टर र हिमाल एकेडेमी तुलसीपुर सेमिफाइनल प्रवेश गरेका छन् ।

भोलि बिहान हुने पहिलो सेमिफाइनलमा हिमाल एकेडेमी तुलसीपुर र तुलसीपुर बोर्डिङ स्कुलबिच खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा गोरखा मावि तुलसीपुर र मावि तुलसीपुर सेन्टरबिच खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोह समस्त यमुना परिवारका सदस्य स्वर्गीय यमुना डाँगीकी छोरी पुजा डाँगी घर्ती मगरको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं नेपाल राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद विभाग प्रमुख दिपक केसीको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।
२०७७ साल साउन ४ गते स्वर्गीय भएकी यमुना डाँगीको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत विद्यालयका गरी १२ टिमको सहभागिता रहेको छ ।
भोलि शनिवारसम्म चल्ने प्रतियोगिताको विजेता, उपविजेता टिमले क्रमशः नगद ४० र २० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्ने छ्न् । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेष्ट प्लेयर खेलाडीलाई नगद २५ सय, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने हाई स्कोरर, बेष्ट किप्पर र राईजिङ प्लेयरलाई क्रमशः जनही १५ / १५ सय, ट्रफी, प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज घर्ती मगरले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्