वर्ड सफल कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, April 18Nepali News Portal

वर्ड सफल कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल  (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा वर्ड सफल प्रतियाेगिता सम्पन्न भएकाे छ ।

आज शनिबार दाङकाे घाेराहीस्थित ज्याेतिपुञ्ज सेकेन्डरी बाेर्डिङ स्कुलमा एक कार्यक्रमकाे आयाेजना गरी कक्षा ६-८ का विद्यार्थीका बिच वर्ड सफल प्रतियोगिता सम्पन्न भएको हाे ।

प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका विद्यार्थीहरु साइबन बुढा मगर, प्रिन्सिका पोख्रेल, बिकास खड्काकाे समूह प्रथम, सिदार्थ एकेडेमीका प्रतिबिम्ब पन्थी, रिया श्रेष्ठ , सम्पुर्ण शर्माकाे समूह द्वितीय , मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका विकास जि.एम, प्रकृति कुवर र नन्दिता श्रेष्ठकाे समूह तृतीय र जनज्योति बिद्यामन्दिरका आरम्भ पौडेल, अङ्कित शाह र झरणा रोकाकाे समूह सान्त्वना भएका छन् ।

कार्यक्रम प्याब्सन घाेराहीका अध्यक्ष वीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन दाङका सल्लाहकार बिनय कुमार मिश्रकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा ३७ वटा विद्यालय सहभागी भएका थिए । कार्यक्रममा ज्याेतिपुञ्जी सेकेन्डरी बाेर्डिङ स्कुलका व्यवस्थापन समितका अध्यक्ष हेमराज शर्मालगायतले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष सुर्य बहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण बालकृष्ण ओलीले गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्