काठमाडौँ, १२ साउन ।
लुम्बिनी प्रदेशका मन्त्री प्रचण्ड विक्रम न्यौपानेले काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित काङ्ग्रेसका शीर्षस्थ नेताहरुसँग भेटघाट गरेका छन् । आज शनिबार मन्त्री न्यौपानेले काङ्ग्रेस सभापति देउवालार्ई उनको निवास बुढानिलकण्ठमा पुगेर भेट गरेका हुन् ।
भेटका क्रममा सभापति देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए । प्रदेशको औचित्य पुष्टिका लागि प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्नु पर्ने भन्दै सभापति देउवाले प्रदेशबासीलार्ई सरकारप्रतिको अपनत्व बोध गराउन मन्त्रीको भूमिका महत्वपुर्ण रहने बताए ।
जनताका आवश्यकता पूरा गर्न सधैं क्रियाशील बनेर काम गरिनु पर्ने भन्दै सभापति देउवाले मन्त्री न्यौपानेलार्ई त्यो क्रियाशीलता कायम राखेर काम गर्न सुझाव समेत दिए । साथै देउवाले मन्त्रीमा नियुक्त न्यौपानेलार्ई बधाइ तथा शुभकामना समेत व्यक्त गरेका थिए ।
सभापति देउवासँगको भेटमा मन्त्री न्यौपानेले प्रदेशबासीलार्ई सरकारको अनुभूति दिलाउने गरी काम गर्ने बताएका थिए । यसैगरी मन्त्री न्यौपानेले काङ्ग्रेस महामन्त्री गगन थापासँग पनि भेट गरेका छन । महामन्त्री थापाले पनि प्रदेशबासीको हितका लागि सक्रिय भएर काम गर्न मन्त्री न्यौपानेलार्ई आग्रह गरेका थिए ।
यसैगरी काङ्ग्रेस नेता चन्द्र भण्डारी, बालकृष्ण खाँडले पनि प्रदेश मन्त्री न्यौपानेलार्ई बधाइ तथा शुभकामना दिँदै प्रदेश बासीलाई प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्न सुझाव दिएका थिए ।
यसैगरी मन्त्री न्यौपानेले काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग पनि भेट गरेका छन् । मन्त्रीको सपथ लिएपछि काठमाडौं पुगेका मन्त्री न्यौपानेले राजनीतिक तथा पारिवारिक भेटघाट गरिरहेका छन् । उनले काङ्ग्रेस नेताहरुलार्ई भेट गरी धन्यवाद ज्ञापन गरिरहेका छन् ।