रूकुम पश्चिम, साउन १६ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय तिलकराज गिरी, २३ वर्षीय रोमन किंग गोसाई र ३७ वर्षीय शिखर भण्डारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबाहदुर शाहीले बताए ।
। तीन जनाले बालिकालाई चौरजहारी बजारस्थित होटलमा पुर्याएर बलात्कार गरेको आरोप रहेको छ ।
आरोपित तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको थियो । उनीहरु तीनै जना बिरुद्ध लिखित रुपमै किटानी जाहेरी दिन पीडित बालिका आउन थालेको प्रहरी निरीक्षक शाहीले बताए ।
कक्षा ८ मा अध्यनरत ती बालिकाको गोसाँईसग चिनजान थियो । सोही चिनजानको गलत फाइदा उठाउँदै बालिकालाई झुक्याएर गोसाँइले आफ्नो मोटरसाइकलबाट चौरजहारीस्थित होटेल पुर्याएका थिए ।
होटेलमा पुर्याएपछि बालिकामाथि बलात्कार भएको प्रहरी बताउँछ ।
थप कुराहरु जाहेरी परेपछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।