दाङमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते – Kanika Khabar
Monday, March 17Nepali News Portal

दाङमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते

    मा प्रकाशित

दाङ, १७ साउन ।
दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लमही–घोराही सडकखण्डमा पर्ने चौपट्टा नजिकै मालबहाक ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

घाइते हुनेमा ट्रक चालक शिवराज नगरपालिका वडा नम्बर ५ कपिलवस्तुका ५९ वर्षीया हरिबहादुर खत्री सहचालक साेही ठाउँ निवासी १८ वर्षीया
दिलिप थारु रहेकाे प्रहरीले जनाएको छ ।
घाइतेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते दुबैजनाकाे अवस्था सामान्य रहेकाे छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्