दाङ, १७ साउन ।
दाङमा भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाइनमा घरको भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको हो ।
कोठा भाडामा बस्दै आएकी ४२ वर्षीया तिला परियारको घरको सिडीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घर सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ रहेको प्रहरीले जनाएको छ । उनी कोठा भाडामा बस्न थालेको महिना दिन मात्रै पुगेको थियो ।
परियार बिहान साढे ७ बजेतिर सिडीबाट लडेर घाइते भएकी थिइन । उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा साढे ८ बजेतिर पु¥याइएको थियो । अस्पतालले प्रारम्भिक उपचारपछि ८ बजेर ४५ बजेतिर घाइते परियारलाई बाँकेका लागि रेफर गरेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मेडिकल कलेज कोहलपुरमा पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बिहान साढे ११ बजे आफन्तले घाइतेलाई अस्पताल पु¥याएका थिए । तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।