संसदीय समितिको निर्णय : २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन, ६३ वटा नर्सिङ कलेजलाई सम्बन्धन नदिन निर्देशन – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

संसदीय समितिको निर्णय : २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन, ६३ वटा नर्सिङ कलेजलाई सम्बन्धन नदिन निर्देशन

    मा प्रकाशित

काठमाडौँ, १७ साउन ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिदन निर्देशन गरेको छ । आज बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेर अगाडि बढेका २२ वटा संस्थाहरुलाई सम्बन्धन दिन निर्देश गरेको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् ।

बैठकले मापदण्ड पूरा नभएका ६३ वटा नर्सिङ कलेजलाई सम्बन्धन नदिन निर्देशन दिएको छ ।

बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सीटीइभीटी र चिकित्सा शिक्षा आयोगका पदाधिकारीले मापदण्ड पूरा नभएका ६३ वटा कलेजलाई सम्बन्धन दिन नसक्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, नियमावलीको प्रावधान आपसमा बाझिएको हकमा संशोधनको लागि प्रक्रिया अघि बढाउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्