धनगढी, १७ साउन ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन्। मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन्।
वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा चौधरीलाई नियुक्त गरेका थिए। सोडारीले भोलि विश्वासको मत लिँदैछन्।
उनले विश्वासको मत नपाउने निश्चित छ। विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरे पनि प्रदेश सभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री सोडारीले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले बताएको छ।