काठमाडौं, १९ साउन ।
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ। आज शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएकाे खेलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो।
पहिलो सेट २५-१८ अङ्कमा जित हासिल गरेको नेपाल दोस्रो सेट १२-२५ अङ्कले पराजित भएको थियो । तेस्रो सेटमा २५-१७ अङ्कले जित निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ ले गुमाउन पुग्यो । पाँचौं सेटमा १५-१३ ले जित निकाल्दै नेपालले इतिहास बनाएको हो ।
पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो।