कविता : योग – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

कविता : योग

    मा प्रकाशित

योजना बुढाथोकी
शारीरिकदेखि मानसिक रूपमा
स्वास्थ्य रहनलाई नै योग भन्ने गरिन्छ
सानो उमेरदेखि नै योगले
एउटा नयाँ जीवन दिएको छ
बिरामी भएर सञ्चो हुनसक्दैन भनेर
हारखाको मान्छे म
जब योगको परिभाषालाई बुझ्न खोजें
तब एउटा नयाँ जीवनको सुरुवात भए जस्तो लाग्यो
मनबाट हर्षित छु आजभोलि
कसैले केही भनिदिँदा रिसाउने मान्छे म
आजकाल फरक पर्ने गर्दिन
हाँसीहाँसी कटाउने गर्छु
सानोसानो कुरामा छिटै रिसाउने
आजकाल मतलब लाग्न छोडेछ
म खुसी योगबाट
योगले मलाई जीवनदान गरेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्