बंगलादेशको प्रधानमन्त्री निवासमा पसे आन्दोलनकारी – Kanika Khabar
Thursday, September 19Nepali News Portal

बंगलादेशको प्रधानमन्त्री निवासमा पसे आन्दोलनकारी

    मा प्रकाशित

दाङ । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारीहरु प्रधानमन्त्री निवास गोनो भवनभित्र पसेको अन्तराष्ट्रिय सञ्चा। माध्यमहरुले बताएका छन् ।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।

तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो ।

आन्दोलनकारी प्रधानमन्त्री निवास भवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका छन् ।

सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् । प्रदर्शनकारीहरीले प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेजको स्क्रिनसटहरू देखिएका छन् /

पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्