दाङ । बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा अन्तरिम सरकार गठन हुने बताएका हुन् । यसका लागि उनले विभिन्न दलसँग कुराकानी पनि गरेको बताएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् । सेना प्रमुखले बंगलादेशको आन्दोलनमा मारिएकालाई न्याय दिने आश्वासन दिएका छन् ।
सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’