मा प्रकाशित
दाङ, २३ साउन ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौरमा दुर्घटना भएको हेलिकप्टर काठमाडौंबाट उडेको तीन मिनेटपछि नै टावरसँग सम्पर्कविहीन भएको बताइएको छ ।
हेलिकप्टर दुर्घटनापश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको हो ।