प्रदेशको पर्यटन विकासलाई प्राथमिकतामा : मन्त्री न्याैपाने – Kanika Khabar
Thursday, September 19Nepali News Portal

प्रदेशको पर्यटन विकासलाई प्राथमिकतामा : मन्त्री न्याैपाने

    मा प्रकाशित

दाङ, २३ साउन ।
लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टिका लागि प्रदेशको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिने बताएका छन् ।

प्रदेशको पर्यटन क्षेत्र आर्थिक विकासको बलियो आधार रहेकाले पर्यटन बिकासमा सरकारले जोड दिने बताए । नेपाली काङ्ग्रेस दाङ २(ख) ले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले प्रदेशको औचित्य माथि प्रश्न उठिरहेको भन्दै यो औचित्य पुष्ट्याइको प्रमुख आधार भनेकै पर्यटन क्षेत्र रहेको बताए । “अहिले प्रदेशको औचित्य माथि विभिन्न खाले प्रश्न हरु उब्जिएका छन,”मन्त्री न्यौपानेले भने “प्रदेशको औचित्य पुष्टि गर्नका लागि प्रदेशको समृद्धि अपरिहार्य हो, प्रदेशको समृद्धि पर्यटन बिकासबाट सम्भव हुन्छ ।”
यसैगरी यातायात क्षेत्रमा भएका बेतिथि अन्त्यका लागि आफूले काम गर्ने समेत बताए ।

यसैगरी मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशमा उद्योग दर्ता गर्ने भन्दा उद्योग बन्द हुने क्रम बढेको भन्दै मन्त्री न्यौपानेले उद्योग क्षेत्र धरासायी बन्नुको कारण खोजी गरिने बताए । साथै उद्योग क्षेत्र लाई धरासायी हुन बाट जोगाउन उद्योग मैत्री वातावरण प्रदेश सरकारले निर्माण गर्ने समेत मन्त्री न्यौपानेको भनाइ छ ।
काङ्ग्रेस दाङ २(ख) का सभापति अभियान बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा काङ्रेस महासमिति सदस्यहरु पृथ्वी चौधरी, रावत, क्षेत्र नम्बर २ का सभापति भीम प्रकाश खड्का, घोराही नगर सभापती तिलक रावत, घोराहे ९ का वडा सभापती महेन्द्र दहाल, काङ्ग्रेस २(ख) का उपसभापति शरद समीप लगाएतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण काङ्ग्रेस २(ख) का सचिव तिलक केसीले गरेका थिए ।
यसैबिच मन्त्री न्यौपानेले तुलसीपुर १८ का मतदाताहरुसँग भेट गरेका छन । उक्त भेटमा मन्त्री न्यौपानेले स्थानिय हरुलाइ विकासको प्रत्याभुत दिलाउन आफूले सक्रिय रुपमा काम गर्ने बताएका थिए ।
यसैगरी तुलसिपुर उद्योग बाणिज्य संघले मन्त्री न्यौपानेलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताए । कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्