कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहको लोकार्पण – Kanika Khabar
Monday, July 14Nepali News Portal

कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहको लोकार्पण

    मा प्रकाशित

May be an image of 12 people and daisविराटनगर, २५ साउन ।
सुकुना बहुमुखी क्याम्पस विराटनगरको अतिरिक्त विभागको आयोजनामा कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ कवितासङ्ग्रहको लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार विभागले एक कार्यक्रमको आयोजना गरी कृति लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

अतिरिक्त विभागका अध्यक्ष विदुर सुवेदीको अध्यक्षता तथा ससन्दरहरैचा नगरपालिकाका प्रमुख कदार गुरागाँईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले लोकार्पण गरिएका कृतिमा रहेका कविताका बारेमा चर्चा गरेका थिए । वक्ताहरुले कवितासङ्ग्रहमा सङ्ग्रहित कविताले वर्तमान समाजको वस्तुस्थितिलाई समेट्नुका साथै देशको समसमायिक अवस्थाप्रति चिन्तन गर्दै राष्ट्रियतका पक्षमा कविताले आफूलाई ठिङ्ग उभ्याउन सफल भएको बताएका थिए ।

कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन अधिकारी, रेखा सुवेदी, क्याम्प सञ्चालक समितपका अध्यक्ष  केशव अधिकारी तथा उर्मिला शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे। साथै कार्यक्रममा उपस्थित एक दर्जन बढी कविहरुले कविता वाचन समेत गरेका थिए ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्