तुलसीपुर,२६-साउन/ दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोलाको उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै गरेको रा १ ख ११०० नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइते हुनेहरुमा घोराही उपमहानगरपालिका १० निवासी भुप प्रसाद शर्माको छोरी ५ बर्षीया स्वस्तिका शर्मा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी सहायक हवलदार सरिता कवर (गर्भवती) र तुलसीपुर उपमहानगरपालिका ७ निवासी १७ बर्षीय अजय घिमिरे रहेका छन् ।
घाईते मध्ये शर्मालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ । उनको दुबै खुट्टामा चोट लागेको छ । अन्य घाइतेको अबस्था भने सामान्य रहेको छ । गाडीमा करिब ३५ जना यात्रु थिए । टिप्परलाई ओभरट्याग गर्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको थियो ।