दाङ जिल्ला उद्योग वाणिज्य संघमा वित्तीय साक्षरता – Kanika Khabar
Thursday, June 19Nepali News Portal

दाङ जिल्ला उद्योग वाणिज्य संघमा वित्तीय साक्षरता

    मा प्रकाशित

गोविन्द खड्का
घोराही २६, साउन
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा शनिवार घोराहीमा एक दिने कर तथा वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवं पुर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरा सिइए डिबिएस विजनेस कन्सल्टिङका सिए दिपक सेठी र राप्ती इन्जिनियरीङ कलेजका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरीले प्रशिक्षण दिनुभएको थियो । व्यवसायीले कर सम्वन्धि विभिन्न प्रश्न राखेका थिए । अन्तरकृयात्मक ढंगले भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष नरशेश श्रेष्ठले र सञ्चालन सचिव विकास वलीलले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्